मोटरसाइकल दुर्घटनामा धवलको मृत्यु

रूपन्देहीको सियारी गाउँपालिका-७ भर्तापुरस्थित सडकमा ना.६ प ६६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका-७ गरकट्टी बस्ने ५५ वर्षीय राम मिलन धवलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार