सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१० दोगारीस्थित सडकमा लु. प्र.०१-००७ प १०१३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१० दोगारी बस्ने २० वर्षीय प्रदिप जैसवालको आइतबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै प्युठानको नौबहिनी गाउँपालिका-४ कुलेली खवाङस्थित सडकमा घुसकोटबाट खवाङतर्फ जाँदै गरेको लु.४ त ५१२४ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ बस्ने छविलाल थापाको छोरा १५ वर्षीय धिरेन्द्र थापा थापाको आइतबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै बाँकेको कोहलपुर नगरपालिका-१२ चप्परगौडीस्थित सडकमा भे.१ ह ७२९४ नम्बरको ईरिक्साको ठक्करबाट पैदलयात्री बर्दिया बारबर्दिया नगरपालिका-९ धकेला बस्ने ४५ वर्षीय शेर बहादुर भण्डारीको आइतबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ईरिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छा चोखानेस्थित सडकमा बा.४१ प ८८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-२ चोखाने बस्ने पूर्ण बहादुर राईकी छोरी ११ वर्षीया यर्मिया राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको फेमेली केयर अस्पताल दिक्तेलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमा सवार अन्य १ जनालाई थप उपचारको लागि सुबिधा सम्पन्न अस्पतालमा रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार