नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा २०८२ साल भदौ २८ र २९ गते हुने जनाएको छ । बोर्डले मंगलबार एक सूचना प्रकाशित गर्दै बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।
कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि (पूरक)परीक्षा दिन पाउने भएका हुन् । हिजो सोमबार कक्षा १२ को नतिजा सार्वजनिक भएको थियो । सबै विषयमा सी प्लस वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा सी वा डी प्लस ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त दुई वा ती मध्ये कुनै एक विषयमा ग्रेड वृद्धि परीक्षा दिनसक्ने बोर्डद्वारा जारी सूचनामा जनाएको छ ।
अन्य सबै विषयमा डी प्लस वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा डी वा ई ग्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले उक्त दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्ने जनाएको छ ।
परीक्षा दिउँसो ११ बजेदेखि २ बजेसम्म सञ्चालन गर्ने भएको छ । बोर्डको मापदण्ड पूरा गरेका परीक्षार्थीहरुलाई बढीमा दुई विषयमा मात्र ग्रेड वृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्थासहित ग्रेडवृद्धिको परीक्षा सञ्चालन गर्ने भएको हो ।
यस्तो छ परीक्षा तालिका :
