मृत अवस्थामा पाँच जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । दाङको घोराही उपमहानगरपालिका-१७ पनौरास्थित कटुवा खोलामा सोही उपमहानगरपालिका-१७ धोब्बे चोक डेरा गरी बस्ने बंगलाचुली गाउँपालिका-५ मुर्कुटी घर भएका दुर्गा वलीको छोरा १० वर्षीय नविन वली बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै मोरङको केराबारी गाउँपालिका-२ बस्ने ३६ वर्षीय बिर बहादुर लिम्बु सोही गाउँपालिका-२ स्थित समेवा खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै भोजपुरको आमचोक गाउँपालिका-२ बोबेक बस्ने ५९ वर्षीय जगत बहादुर राई सोही ठाउँस्थित गोरेटो बाटो छेउको खोल्सोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

उता प्युठानको स्वर्गद्वारी नगरपालिका-९ लामाचौरस्थित माडी खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यता महोत्तरीको मनरा शिसवा नगरपालिका-१ मनरा बस्ने ५० वर्षीय महेश्वर मण्डल सोही ठाउँस्थित खेतमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार