नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ साउन ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंको महानगरपालिका-३१ स्थित सडकमा बा.५८ प ६०५१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक भक्तपुर चाँगुनारायण नगरपालिका-३ घर भएकी २९ वर्षीया इसा गिरीको बिहीबार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै कैलालीको गोदावरी नगरपालिका-३ स्थित सडकमा सु. प. प्र. ०१-००१ ह ३६६२ नम्बरको अटो र सु. प. प्र. ०१-००१ ह ५८३४ नम्म्बरको अटो एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा सु. प. प्र. ०१-००१ ह ५८३४ नम्म्बरको अटोमा सवार कञ्चनपुर कृष्णपुर नगरपालिका-७ बस्ने ६५ वर्षीया मनसिंहा रानाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सु. प. प्र. ०१-००१ ह ५८३४ नम्म्बरको अटोमा सवार १ जनाको अत्तरिया अस्पतालमा उपचार भइरहेको छ । दुवै अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै मोरङको सुन्दरहरैंचा नगरपालिका-७ बेलगाछी चोकस्थित सडकमा मे. १ ख २७९६ नम्बरको बसले प्र.१-०२-००४ ह ४२२४ नम्बरको सिटी सफारीलाई बिहीबार दिउँसो ठक्कर दिँदा सिटी सफारीमा सवार काठमाडौं कागेश्वरी नगरपालिका-९ घर भई सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने ६१ वर्षीय तुलसी प्रसाद गुरागाईँको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङहोम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सिटी सफारी चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता सर्लाहीको बरहथवा नगरपालिका-८ टाडीस्थित सडकमा ग.१ ख ९५६८ नम्बरको बसबाट लडेर धनकौल गाउँपालिका-३ हरकठ्वा बस्ने निसार शेखको छोरा १३ वर्षीय फैजान शेखको बिहीबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता महोत्तरी, पिपरा गाउँपालिका-६ रतौलीस्थित प्रदेश २- ०२-००४ प ०१४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय अरूण मोचीको मृत्यु भएको छ ।
बिहीबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

