आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै आमा ८१ वर्षीया गंगामाया खड्काको हत्या गरेको अभियोगमा तेह्रथुमको लालीगुराँस नगरपालिका-३ मुसाङखेल बस्ने ४५ वर्षीय होम बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

होम बहादुरले लठ्ठी प्रहार गर्दा गंगामायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार