सप्तकोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला

पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोशी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ ।

सोमबार राति ८ः०० बजे गरिएको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।

सप्तकोशी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार