बहुविवाह सम्बन्धी कानुन ल्याउन लागिएको भन्ने कुरामा सत्यता छैन : प्रधानमन्त्री ओली

प्रधानन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता नदिइने स्पष्ट गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सरकारको कानुन ल्याउन लागिएको भन्ने हल्लामा सत्यता नभएको बताउनुभयो ।

उहाँले लोकतन्त्रका लागि लडेर आएका आफूहरुले यस प्रकारको कानुनको कल्पना पनि गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

सम्बन्धित समाचार