स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ

सप्तरीको सप्तकोशी नगरपालिका-४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रूपैयाँ सहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका-३ बस्ने २१ वर्षीय जिवन लम्जेल र सोही गाउँपालिका-१ बस्ने २८ वर्षीय आएन राई रहेका छन् । प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को.३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार