जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको माथागढी गाउँपालिका-१ बस्ने ६२ वर्षीय तुल बहादुर झेडी मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट माणीफाँटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ बस्ने कैलाली धनगढी उपमहानगरपालिका-३ घर भएका ४२ वर्षीय राजकुमार चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङको केपिलासगढी गाउँपालिका-५ आमबोटे बस्ने ३७ वर्षीय सुमन राईलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी खार्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार