सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बारा र धनुषामा भएको सवारी सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बाराको परवानीपुर गाउँपालिका-५ बहुअरीस्थित प्र.२-०३-००१ च १७९४ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९० वर्षीय कुवर राउत कुर्मीको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार पिकअप चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरचोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको सोमबार बेलुकी मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मोडल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार