नवकान्तिपुर संवाददाता
काठमाडौं, १० भदौ ।


१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको ताप्लेजुङ सिदिङवा गाउँपालिका-३ बस्ने १९ वर्षीय जिवन कटुवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिवनले ती बालिकालाई बुद्धशान्ति गाउँपालिका-१ होक्सेमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कारयालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
