नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदौ ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका-४ फिर्के पुल नजिकै डेरा गरी बस्ने सोही महानगरपालिका-१८ साराङकोट घर भएका ४५ वर्षीय सुरेन्द्र नेपाली आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै रूपन्देहीको सैनामैना नगरपालिका-१० पानबारीस्थित कंचनखोलाको पक्की पुलमुनी सोही ठाउँ बस्ने ६५ वर्षीय मन बहादुर बुढाथोकी आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै भोजपुरको अरूण गाउँपालिका-१ रातमाटे टोल बस्ने ६३ वर्षीय दुर्गा बहादुर तामाङ आफ्नै
घर नजिकै खोल्सामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
उता दाङको तुलसीपुर उपमहानगरपालिका-१५ कोठरी बस्ने ४८ वर्षीय लंक बहादुर घर्तिमगर सोही उपमहानगरपालिका-१८ मानपुरस्थित पानी ट्याङकीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यता सल्यान, सिद्ध कुमाख गाउँपालिका-१ कुकुरेखोर बस्ने ४५ वर्षीया भिमी बुढाथोकी सोही गाउँपालिका-१ पटारेमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-२ छिवनीस्थित भारतीय गण्डक नहरको फलामे पुल नजिक बाटोको छेउको झाडीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी २७ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी पाँचथर, हिलिहाङ गाउँपालिका-२ निगुरेपुलस्थित काबेली खोलामा याङवरक गाउँपालिका-५ याङसिङबुङ बस्ने ५५ वर्षीय जित बहादुर दर्जी शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
