नवकान्तिपुर संवाददाता
गाईघाट (उदयपुर), २२ भदौ ।


उदयपुर जिल्लाको गाईघाटस्थित थारुहट रङ्गशालामा आजदेखि १४ वर्ष मुनिका विद्यार्थीको जिल्लाव्यापी प्रतियोगितात्मक फुटबल प्रतियोगिता सुरु भएको छ ।
जिल्ला फुटबल सङ्घ उदयपुरको आयोजनामा शनिबारदेखि भदौ २९ गतेसम्म जिल्लाभरिका निजी तथा सरकारी विद्यालयका १४ वर्ष मुनिका विद्यार्थीको सहभागितामा प्रतियोगिता सुरु भएको अध्यक्ष रञ्जन कार्कीले जानकारी दिनुभयो ।
शनिबार भएको पहिलो खेलमा त्रियुगा नमूना मावि गाईघाटले पुष्पाञ्जली बोर्डिङ स्कुल गाईघाटका विद्यार्थीलाई टाइब्रेकरमा शून्यविरुद्ध एक गोलले जीत हासिल गरेको छ ।
खेलमा १७ विद्यालयले सहभागिता जनाएका छन् ।
