नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदौ ।


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाउनुभएको छ ।
आजको घटनाका विषयमा छलफल गर्न सभापति देउवाले बेलुकी ५ः०० बजे आकस्मिक बैठक बोलाउनुभएको पार्टीका मु्ख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।
बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्ने उहाँले बताउनुभयो ।

