काठमाडौँ अनिश्चितकालिन कर्फ्यू आदेश, कुन-कुन ठाउँमा लाग्यो कर्फ्यू ?

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ मा अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी छलिलाल रिजालद्वारा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ८ः३० बजेदेखि अर्काे आदेश नभएसम्मका लागि कफ्र्यू आदेश जारी गर्नुभएको हो ।

काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामङ्गल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कफ्र्यू आदेश जारी गरिएको हो ।

कफ्र्यू आदेशअनुसार काठमाडौँ महानगरपालिकाका चक्रपथभित्र चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।

सूचना :

सम्बन्धित समाचार