नेपाली सेनालगायत अन्य सुरक्षा निकाय राति १० बजेदेखि दृढ रहने

नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न आज भदौ २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराएको छ ।

सेनाले विज्ञप्तिमार्फत हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्न/नगराउन आग्रह गरेको हो ।

सेनाले यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न रातिको १० बजेबाट दृढ रहने प्रतिबद्धता जनाएको छ ।

सेनाले सम्पूर्ण राष्ट्रबासीलाई सहयोगको लागि अपिल समेत गर्दै तत्पश्चात, सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिने विज्ञप्तिमा उल्लेख गरेको छ ।

सम्बन्धित समाचार