प्रदर्शनकारीद्वारा बागलुङका कांग्रेस, एमाले र माओवादीको पार्टी कार्यालयमा तोडफोड

बागलुङमा जेनजी आन्दोलनले उग्ररुप लिएको छ । प्रदर्शनकारीहरुले बागलुङस्थित राजनैतिक दलका पार्टी कार्यालयहरू तोडफोड गरी क्षति पुर्याएका छन् ।

उनीहरुले मङ्गलबार साँझ बागलुङस्थित नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय तोडफोड गरेका हुन् ।एमालेको पार्टी कार्यालयबाट कागजपत्र र फर्निचरका सामग्री निकालेर सडकमा ल्याएर जलाएका उनीहरुले त्यसपछि माओवादी केन्द्र बागलुङको पार्टी कार्यालय तोडफोड गरेर कागाजातपत्र जलाइएको छ ।

त्यसलगत्तै नेपाली कांग्रेस बागलुङको पार्टी कार्यालयबाट कागजपत्र र फर्निचर सडकमा ल्याएर जलाइएका थिए ।

सम्बन्धित समाचार