नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असोज ।


देशका विभिन्न जिल्लाबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । झापाको झापा गाउँपालिका-६ चन्द्रबस्तीस्थित बाटो छेउमा सोही ठाउँ बस्ने ४० वर्षीय रवी सोरेन गए राति मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका-७ चागाथलीस्थित सुपर फाइन मेटल कारखानामा काम गर्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भएका १९ वर्षीय राजेश गहतराज सोही कारखानामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै कास्कीको पोखरा महानगरपालिका-१० स्थित जनसेवा मार्ग डेरा गरी बस्ने काठमाडौं घर भएका ५५ वर्षीय सुरेन्द्र श्रेष्ठ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
उता दाङको घोराही उपमहानगरपालिका-१६ तेरौटे बस्ने ६५ वर्षीया पानसरी नेपाली सोही ठाउँस्थित कुवामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यता बारा, पचरौता नगरपालिका-१ पिपरपाती बस्ने ६५ वर्षीय बासुदेव माझी सोही ठाउँस्थित आफ्नै खेतमा गए राति मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी दाङको घोराही उपमहानगरपालिका-५ हरियाली टोलस्थित कुलोमा सोही ठाउँ बस्ने ५१ वर्षीय पदम बहादुर घर्ती बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी दाङको गढवा गाउँपालिका-३ गोबरडिहा बस्ने ५५ वर्षीया छुत्री चौधरी सोही ठाउँस्थित खेतमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-७ स्थित नेपाल भारत सिमानामा रहेको ब्यारेजपुलको २५ नम्बर ढोकामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी २० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

