नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असोज ।


११ र १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
हिराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ ओरवाङ बस्ने ३२ वर्षीय जगत कोइरालालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जगतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेनीघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

