जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

१४ वर्षीया बालिका र २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँको भानु नगरपालिका-३ तुरतुरेस्थित श्रेष्ठ मेडिकलमा कार्यरत सिराहा लहान नगरपालिका-१२ घर
भएका ४१ वर्षीय सुमित शाहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुमितले ती बालिकालाई सोही मेडिकलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको रामपुर नगरपालिका-५ रानाटोल बस्ने २० वर्षीय अशिल श्रेष्ठ र सोही नगपालिका-४ दधरान बस्ने २० वर्षीय प्रवेश मल्ललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहीले उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार