नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ असोज ।


मोरङको विराटनगर महानगरपालिका-१७ बाट स्रोत नखुलेको रकम १४ लाख ५० हजार रूपैयाँ सहित सोही महानगरपालिका-१८ बस्ने ४१ वर्षीय विरेन्द्र साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३८ प ५८५१ नम्बरको मोटरसाइकलामा सवार उनलाई उक्त रकम सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

