राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालय प्रवक्ता प्रदीपकुमार कोइरालाले राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको हो ।

अध्यादेश जारी भएपछि २०८२ फागुन २० गते १८ वर्ष उमेर पुगेका नेपालीले फागुन २१ मा हुने निर्वाचनमा मतदान गर्न पाउनेछन् । यसका लागि निर्वाचन आयोगले नामावली सङ्कलन गर्नेछ ।

सम्बन्धित समाचार