सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानबाट भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका-१६ मिलिजुली चोकस्थित सडकमा ना.२७ प ५०१४ नम्बरको मोटरसाइकललाई लु.३६ प ६५५१ नम्बरको मोटरसाइकलले ठक्कर दिई शुक्रबार बिहान दुर्घटना हुँदा लु.३६ प ६५५१ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय सुमन थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ना.२७ प ५०१४ नम्बरको मोटरसाइकल चालकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

त्यस्तै धनुषाको लक्ष्मीनिया गाउँपालिका-१ सोहनीस्थित सडकमा म. प्र.-०२-००६ प ५४२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक मिथिला नगरपालिका-२ बस्ने ३२ वर्षीय सरोज महतोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, धनुषा कमला नगरपालिका-२ माची टोलस्थित सडकमा बीआर३२ एस ७९८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक जनकनन्दिनी गाउँपालिका-५ बनरझुला बस्ने १८ वर्षीय अमित यादव र मोटरसाइकलमा सवार १९ वर्षीय राहुल महतो रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको छ ।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-७ जेपी चोकमा सु.प.प्र.०१-००१ क १६९० नम्बरको ट्रकमा से.५ प. ३४१४ नम्बर मोटरसाइकल ठक्कर खाई बिहीबार बेलुका दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१२ बस्ने १८ वर्षीय अनिस सिंह र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय गणेश कुँवर रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सेती प्रादेशिक अस्पातालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता मोरङको विराटनगर महानगरपालिका-७ स्थित सडकमा बि.१ ह ०२६२ नम्बरको सिटी सफारीको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका-१४ बस्ने ७५ वर्षीय चक्र प्रसाद निरौलाको मृत्यु भएको छ ।

बिहीबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । हाल फरार सिटी सफारी चालकलाई प्रहरीले खोजी गरिरहेको छ । यता बाँकेको कोहलपुर नगरपालिका-१४ स्थित सडकमा भे.८ प २२३५ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार बर्दिया बढैयाताल गाउँपालिका-२ बस्ने ३० वर्षीय प्रदिप ढकालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी सिरहाको लहान नगरपालिका-१ मटिअर्वास्थित सडकमा प्र.२-०१-००२ प ५०८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३० वर्षीय जिवन यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार