नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असोज ।


मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले हालै ‘जेनजी’ प्रदर्शनका क्रममा भएको जनधनको क्षतिले सिङ्गो मुलुक स्तब्ध भएको जनाउँदै पूर्वअध्यक्ष रेग्मीले नवीन आशा र विश्वासका साथ सहज वातावरण बनाएर मुलुकलाई सही गन्तव्यतर्फ लैजानु आजको आवश्यकता भएको बताउनुएको छ ।
दशैंको अवसरमा शुभकामा दिँदै उहाँले यस्तो बताउनुभएको हो । साथै विजयादशमीले देश, समाज र नेपालीको व्यक्तिगत जीवनमा शान्ति, प्रगति र समृद्धि ल्याओस् भनी कामना गर्नुभएको छ ।
विजया दशमी २०८२ का अवसरमा शुभकामना दिँदै उहाँले सामाजिक सद्भाव कायम राख्दै भड्किलो प्रतिस्पर्धाले नभई आ-आफ्नो गच्छेअनुसार दशैं मनाउन आग्रह गर्नुभएको छ ।
विजयादशमी नेपालीको एउटा राष्ट्रिय चाँडको रूपमा मनाइँदै आइएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले दशैं राग र द्वेषलाई बिर्सेर आपसी प्रेम सद्भाव र भ्रातृत्व बढाउने पर्वका रूपमा रहेको बताउनुभएको छ । “दशैं एक आपसमा शुभकामना आदानप्रदान गर्दै एकअर्काप्रति प्रेम र सद्भाव प्रकट गर्ने अवसर पनि हो । वर्तमानमा रमाउने र खुसी प्रकट गर्ने उत्सव पनि हो”, शुभकामना सन्देशमा भनिएको छ ।
