१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीको चन्द्रकोट गाउँपालिका-४ शान्तिपुर बस्ने बाग्लुङ वरेङ गाउँपालिका-३ घर भएका २५ वर्षीय राजु सार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार