मौसम : आज मुलुकका अधिकांश भागमा वर्षाको सम्भावना

आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यसै गरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।



आज राती सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागले एक विज्ञप्ति प्रकाशन गरी आगामी असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने भएकोले सचेत रहन आग्रह समेत गरेको छ ।

सम्बन्धित समाचार