डा निकोलश भुसाललाई सुधार केन्द्र पठाउने शर्तमा परिवारको जिम्मा लगाइयो

काठमाडौँको माइतीघरमा बिहीबार भएको प्रदर्शनमा सहभागी रहेका डा निकोलश भुसालले गाँजा सेवन गरेको पाइएपछि सुधार केन्द्र पठाउने शर्तमा उहाँको परिवारको जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले भुसालको स्वास्थ्य परीक्षण गर्दा लागुऔषध गाँजा खाएको पाइएपछि सुधार केन्द्र लैजाने शर्तमा परिवारको जिम्मा लगाइएको जानकारी दिनुभयो ।

उक्त प्रदर्शनका क्रममा बिहीबार ४४ जना पक्राउ परेका र उनीहरुलाई छाड्न आवश्यक प्रक्रिया जारी रहेको उहाँले बताउनुभयो । डा भुसालसहितका व्यक्तिहरु बिहीबार प्रदर्शनमा सहभागी भएका थिए ।

सम्बन्धित समाचार