मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । कार्कीलाई कात्तिक २७ गतेदेखि लागू हुने गरीप्रहरी महानिरीक्षकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभयो ।

आज (सोमबार)बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । त्यतै बैठकले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय

मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय

२०८२ फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय

भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय

भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार जना र नेपाल प्रहरीतर्फ ११ जना थप गरी १५ जना कर्मचारी उपलब्ध गराउने निर्णय

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय

सम्बन्धित समाचार