नवकान्तिपुर संवाददाता
काठमाडौं, १० मंसिर ।


नेपाल प्रिमियर लिग (एनपिएल)मा अपराजित विराटनगर किंग्सको यात्रामा चितवन राइनोजले ब्रेक लगाएको छ ।
लगातार तीन खेल जितेको विराटनगर बुधबार चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भयो । चितवनले प्रस्तुत गेको १ सय ७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १ सय २६ रनमा समेटियो ।
विराटनगरको लागि मर्चेन्ट डे लाङले सर्वाधिक ३९ रन बनाए भने प्रतिश जिसीले ३० रन जोडे । चितवनका लागि रञ्जित कुमारले पांच विकेट लिए भने , कमलसिंह ऐरीको भागमा दुई विकेट रह्यो ।
यसअघि, त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७४ रन बनायो । चितवनको लागि रवी बोपराले ६५ रनको अर्धशतकीय पारी खेले भने सैफ अली जैवले ३२ रन बनाए । त्यस्तै देव खनालले २८ रन जोड्दा कप्तान कुशल मल्लले अविजित २० रनको योगदान गरे ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङले समान दुई-दुई विकेट लिए भने शुभम रञ्जनेको भागमा एक विकेट रह्यो ।

