नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ मंसिर ।


त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।
काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमान्डु ले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ ।
विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो ।
