नवकान्तिपुर संवाददाता
काठमाडौं, १० माघ ।


जा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोटमा पहिलो जित दर्ता गराएको छ ।
र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले हराएको हो । जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा पूजाले सर्वाधिक ५२ रनको योगदान दिइन् । उनले ५० बलमा चार चौका र दुई छक्कासहित ५२ रन बनाएकी हुन् ।
त्यसै कप्तान इन्दु वर्माले २२, विन्दु रावलले १५ तथा सीता रानामगरले ११ रनको योगदान गरेका थिए । प्रतियोगितामा जिम्बाब्वेका लागि जोसेफाइन एनकोमोले दुई तथा नोमभेलो सिबान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक-एक विकेट लिएका थिए ।
त्यसअघि र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हारेर ब्याटिङको निम्तो पाएको जिम्बाबेले निधारित २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो । जिम्बाबेको लागि केली एन्डलोभुको ३६ बलमा आठ चौकको मद्दतमा अविजित रहँदै ५२ रनको अर्धशतकीय पारी खेलिन् भने ओपनर विलोभ्ड बिजाले ३४ रन जोड्दा मोडेस्टर मुपाचिक्वाले १४ रन बनाइन् ।
नेपालका लागि रिया शर्माले दुई विकेट लिंदा कविता कुंवर, पूजा महतो, सीता रानामगर र रुवीना क्षेत्रीको भागमा समान एक- विकेट रह्यो ।
