फिने अमेरिकाको आयोजनामा आर्थिक अवसरका विषयमा मिट एण्ड ग्रिट सम्पन्न

युवा व्यवसायीहरुको साँझा संस्था फिने अमेरिकाको आयोजनामा अमेरिकामा आर्थिक अवसर तथा व्यवसायका विषयमा मिट एण्ड ग्रिट सम्पन्न भएको छ । भक्ती फाईनान्स ग्रुपका प्रमुख गगन केसीको प्रशिक्षण फाइनान्सीयल अपरचुनिटी सेमिनायार कार्यक्रम सम्पन्न भएको हो ।

जनवरी ३१ शनिबारका दिन अमेरिकाको टेक्सस बेडफोर्डमा आयोजना गरिएको सेमिनारमा भक्ती फाईनान्स ग्रुपका प्रमुख गगन केसीले अमेरिका कुन कुन तरिकाले आर्थिक स्वतन्त्रता पाउन सकिन्छ र के के गर्नु जरुरी हुन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रम डालस फोर्टवर्थका युवा व्यवसायीहरुको सहभागीता रहेको थियो । फिने अमेरिकाका अध्यक्ष सवीन्द्र थापाले यस खालका कार्यक्रमले उद्यम गर्न चाहाने सबैमा उत्प्रेरणा थपिने बताए ।

फिने अमेरिकाले उद्योग व्यवसाय सुरु गर्न चाहाने तथा व्यवसाय गरिरहेका व्यवसायीहरुलाई नेटवर्किङ गर्ने र परामर्श दिने गर्दै आएको छ ।

सम्बन्धित समाचार