नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ फागुन ।


ओखलढुंगाको रुम्झाटार क्षेत्रमा नेकपाले चुनावी घरदैलो अभियानलाई तीव्र बनाएको छ ।
यस क्रममा प्रत्यक्षतर्फका उम्मेदवार अम्बिर बाबु गुरुङले स्थानीय नागरिकसँग साक्षात्कार तथा अन्तरक्रिया गर्दै आफ्ना योजना र प्रतिबद्धताहरू प्रस्तुत गर्नुभएको छ ।
उम्मेदवार गुरुङले जनताको समस्या, आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै विकास र समृद्धिको यात्रामा सबैको साथ आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।
