नवकान्तिपुर संवाददाता
जनकपुरधनुषा, २३ फागुन ।


धनुषा–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ४३ हजार ९८८ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १६ हजार ६५२ मत र नेकपा (एमाले) का जुलिकुमारी महतोले नौ हजार ७८६ मत प्राप्त गर्नुभएको छ ।
