रुपन्देहीका पाँचवटै क्षेत्रमा रास्वपा अग्रस्थानमा

रुपन्देहीका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू अग्रस्थानमा रहेका छन् ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा हालसम्मको मतगणनामा रास्वपाका उम्मेदवारहरूले अन्य दलका उम्मेदवारलाई पछि पार्दै सबै निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार रुपन्देही १ मा रास्वपाका उम्मेदवार सुनिल लम्साल १४ हजार ८२४ मतका साथ अग्रस्थानमा रहेका छन् । उहाँ लाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रज्वल बोहराले ४ हजार ४१४ मतका साथ पछ्याइरहेका छन् ।

रुपन्देही २ मा रास्वपाका उम्मेदवार सुलभ खरेल ३२ हजार १८८ मतका साथ अग्रस्थानमा छन्। उहाँलाई नेकपा (एमाले) का विष्णुप्रसाद पौडेलले ६ हजार ८४९ मतका साथ पछ्याइरहेका छन्।

रुपन्देही ३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा २६ हजार २७३ मतका साथ अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका सुशील गुरुङ ३ हजार ७९३ मतका साथ दोस्रो स्थानमा रहेका छन् भने रुपन्देही ४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ १६ हजार ९५१ मतका साथ अग्रस्थानमा छन् ।

उहाँलाई एमाले का प्रमोदकुमार यादवले १४ हजार ९४४ मतका साथ पछ्याइरहेका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिनुभयो।

रुपन्देही ५ मा रास्वपाका उम्मेदवार तौफिक अहमद खान १४ हजार ५३ मतका साथ अग्रस्थानमा छन्। उहाँलाई एमालेका खिमलाल भट्टराईले चार हजार ९२८ मतका साथ पछ्याइरहेका छन् ।

जिल्लामा मतगणना शान्तिपूर्ण रूपमा जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार