रौतहट-१ मा रास्वपाका चौधरी विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजेशकुमार चौधरी विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनामा चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा नेकपा (एमाले)का अजयकुमार गुप्ताले १० हजार ६९३ प्राप्त गर्दा नेपाली कांग्रेसका अनिल झाले आठ हजार ५७४ मत प्राप्त गर्नुभयो । साथै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सात हजार ६६९ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा एक लाख आठ हजार ७२६ मतदाता रहेकामा ७१ हजार १५६ मत खसेको थियो ।

हाल रौतहटको–२, ३ र ४ मा मतगणना जारी छ । क्षेत्र नंं २ मा नेपाली कांग्रेसका मो. फिरदोश आलम, क्षेत्र नं. ३ मा रास्वपाका रवीन्द्र पटेल र क्षेत्र नं. ४ मा रास्वपाकै गणेश पौडेलले अग्रता कायम राखिरहनुभएको छ ।

सम्बन्धित समाचार