दाङ-२ मा पनि रास्वपाका आचार्य विजयी, एमाले महासचिव पोख्रेल पराजित

दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनकुमार आचार्य निर्वाचित हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आचार्यले ४३ हजार ५५७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शङ्कर पोख्रेलले १५ हजार २८२ मत प्राप्त गर्नुभएको छ ।



यसैगरी, नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५०९ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले सात हजार ८० मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित समाचार