नवकान्तिपुर संवाददाता
लुम्बिनी, २३ फागुन ।


रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तौफिक अहमद खान विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार खानले ३८ हजार ८०६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खीमलाल भट्टराईले १३ हजार १००, नेपाली कांग्रेसका भरतकुमार शाहले १२ हजार ६२४, नेपाल कम्युनिष्ट पार्टीका मोहम्मद वकिल मुसलमानले छ हजार १७६ मत प्राप्त गर्नुभएको छ ।
उक्त निर्वाचन क्षेत्रमा एक लाख ३४ हजार ४४२ मतदाता रहेकामा ८१ हजार ३५ मत खसेको थियो ।
