नवकान्तिपुर संवाददाता
कर्णाली, २३ फागुन ।


सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेशकुमार सापकोटा विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत दीपक ढकालका अनुसार सापकोटा १४ हजार ४५४ मतान्तर अर्थात् ३० हजार ८२६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणकुमार कोइरालाले १६ हजार ३९२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, नेकपा (एमाले) का उम्मेदवार कुलमणि देवकोटाले १३ हजार १५५ र नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले चार हजार ५८७ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रम विभिन्न १७ दलका उम्मेदवार चुनावी मैदानमा थिए । कुल एक लाख २६ हजार ४१ मतदाता रहेको यस क्षेत्रमा ७३ हजार ३५६ मत खसेको थियो । जसमा तीन हजार २७१ मत बदर भएका छन् ।
