नवकान्तिपुर संवाददाता
झापा, २३ फागुन ।


झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार निशा डाँगी निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार रास्वपाका उम्मेदवार डाँगीले ४५ हजार ६८० मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
उहाँका अनुसार निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गर्नुभएको छ भने श्रम संस्कृति पार्टीका उम्मेदवार केवलराम राईले १० हजार चार, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार रामचन्द्र उप्रेतीले सात हजार ६५९ मत प्राप्तगर्नु भएको छ ।
यस क्षेत्रमा ८३ हजार ८२२ मत खसेको थियो भने सात हजार ७७ मत बदर भएको उहाँले जानकारी दिनुभयो ।
