मोरङ-१ मा रास्वपाका न्यौपाने विजयी

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार यज्ञमणि न्यौपाने विजयी हुनुभएको छ । मोरङ-१ को निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार न्यौपाने २७ हजार ३६७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागोले ११ हजार ९८६, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार घनश्याम खतिवडाले नौ हजार ८२३ मत प्राप्त गर्नुभएको छ ।

सो निर्वाचन क्षेत्रमा एक लाख २८ हजार ५४५ मतदाता रहेकामा ७७ हजा ५८५ मत खसेको थियो ।

सम्बन्धित समाचार