उदयपुर–२ मा रास्वपाका लामा विजयी

उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा विजयी हुनुभएको छ ।

केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ मत ल्याउनुभयो । यसैगरी नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २१०, नेपाली कम्युनिष्ट पार्टीका सुरेशकुमार राईले ५हजार १९७ तथा श्रम संस्कृति पार्टीका बलराज राईले ४ हजार १३९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।

रास्वपाको जिल्ला सचिवसमेत रहनुभएका लामाले यस क्षेत्रबाट पहिलो पटक सांसद पदमा विजयी हुनुभएको हो । उहाँ कटारी–७ मर्जेतपुरका बासिन्दा हुनुहुन्छ । एकचालिस वर्षीय लामा यसअघि पर्यटन विकास अभियन्ता हुनुहुन्थ्यो । उहाँ २०७९ असोजदेखि रास्वापामा सक्रिय हुनुहुन्छ ।

सम्बन्धित समाचार