नवकान्तिपुर संवाददाता
भद्रपुर (झापा), २४ फागुन ।


प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शम्भुप्रसाद ढकाल विजयी हुनुभएको छ । उहाँले ४३ हजार ६३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गर्नुभयो । यहाँ नेपाली कांग्रेसका देउकुमार थेवेले नौ हजार ४३४, श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले सात हजार १६१, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौलाले दुई हजार ८० मत प्राप्त गर्नुभयो ।
यस क्षेत्रमा कुल एक लाख ३० हजार ७१२ मतदाता रहेकामा ८२ हजार ११७ मत खसेको थियो । यहाँ १५ राजनीतिक दल र एक स्वतन्त्र गरी १६ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।
