मोरङ–३ मा रास्वपाका कार्की विजयी

मोरङका ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की विजयी हुनुभएको छ ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार उहाँले ३६ हजार ९२४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस पार्टीका उम्मेदवार सुनिलकुमार शर्माले २४ हजार ३५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले १६ हजार ५०९ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का उम्मेदवार इरन राईले सात हजार ७५२ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा एक लाख ५८ हजार ५७ कुल मतदाता रहेकामा ९६ हजार ६७७ मत खसेको थियो ।

सम्बन्धित समाचार