नवकान्तिपुर संवाददाता
महोत्तरी , २४ फागुन ।


गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत महोत्तरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपककुमार साह निर्वाचित हुनुभएको छ ।
उहाँ ३२ हजार ७३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीले १० हजार १९८ मत प्राप्त गर्नुभयो ।
त्यस्तै नेपाली कांग्रेसका किरण यादवले नौ हजार ७४५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
