पश्चिम नवलपरासी–१ मा रास्वपाका खनाल विजयी, कांग्रेसका विनोदकुमार चौधरी पराजित

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतगणनाअनुसार उहाँले ४५ हजार २४१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पराजित गर्नुभएको हो ।

यस क्षेत्रमा कांगे्रसका चौधरीले नौ हजार ५०२ मत प्राप्त गर्नुभयो । नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद पाण्डेयले सात हजार ९५६ तथा जनता समाजवादी पार्टी नेपालका हृदयेश त्रिपाठीले सात हजार ८३२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार