नवकान्तिपुर संवाददाता
वीरगन्ज (पर्सा), २४ फागुन ।


पर्सा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार टेकबहादुर शाक्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
निर्वाचन अधिकृत नुतन झाका अनुसार उहाँले २८ हजार छ मत ल्याएर विजयी हुनुभएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले १२ हजार ५३३ मत र नेकपा एमालेका उम्मेदवार जालिम मियाँ मन्सुरीले १२ हजार १४६ मत ल्याउनुभएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।
पर्सा–४ मा २३ जनाले उम्मेदवारी दिनुभएको थियो । यसमध्ये स्वतन्त्रतर्फ ११ जना र दलीय उम्मेदवारतर्फ १२ जना रहनुभएको छ । यस क्षेत्रमा कुल ९५ हजार २१३ मतदातामध्ये ६५ हजार ७२७ मत खसेको छ ।
