बैतडीमा रास्वपाका भण्डारी निर्वाचित

प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी हुनुभएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले २२ हजार १३४ मत ल्याएर विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गर्नुभयो । यसअघि नेकपा (एमाले)बाट लगातार तीनपटक विजयी हुनुभएका दामोदर भण्डारी भने यसपटक तेस्रो स्थानमा झर्नुभयो ।

उहाँले १७ हजार ९१ मत ल्याउनुभयो । एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ७३ हजार १४८ मतदाताले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार