नवकान्तिपुर संवाददाता
त्रिवेणी (नवलपरासी), २४ फागुन ।


नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजन गौतम प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको छ ।
आज सम्पन्न मतगणनाअनुसार रास्वपाका गौतम ५० हजार ९४५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको नवलपुरका मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीले बताउनुभयो । उहाँले नेपाली कांग्रेसका बालकृष्ण घिमिरेलाई ३४ हजार ६५२ मतान्तरले पराजित गर्नुभएको हो ।
उक्त क्षेत्रमा नेपाली कांगे्रसका बालकृष्ण घिमिरेले १६ हजार २९३ मत प्राप्त गर्नुभयो । नेकपा (एमाले)का उम्मेदवार भागिरथ सापकोटाले नौ हजार १३१ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा कुल ८४ हजार ९८६ अर्थात् ६१.९९७ प्रतिशत मत खसेको थियो ।
